PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै प्रिमियर लिगको उपाधि लिभरपुललाई



पहिलोपोस्ट

म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै प्रिमियर लिगको उपाधि लिभरपुललाई

इङ्ग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितको छ। गएराति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै लिभरपुलले लिग उपाधि जितेको हो।

गएराति भएको खेलमा चेल्सीले सिटीलाई २-१ ले हराएको थियो। स्टामफोर्ड ब्रिजमा भएको खेलमा क्रिस्टियन पुलिसिकले घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए। उनले ३६ औं मिनेटमा गोल गर्दा चेल्सी पहिलो हाफमा एक गोलले अगाडि रह्यो।

दोस्रो हाफमा केभिन डि ब्रुइनले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए। उनले उनले ५५ औं मिनेटमा गोल गरेका थिए। तर, खेलको ७८ औं मिनेटमा विलियनको गोलमा चेल्सीले खेलमा फेरि अग्रता लियो। खेलको ७७ औं मिनेटमा फर्नान्डिनो रेड कार्ड खाँदै बाहिरिए पछि १० खेलाडीमा सीमित सिटीले गोल गोल फर्काउन सकेन। र, चेल्सीले २-१ गोल अन्तरको जित निकाल्यो।

चेल्सीसँग सिटी पराजित भएसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ। ३१ खेलमा ८६ अंक ल्याएको लिभरपुलले लिग उपाधि सुनिश्चित गर्दा समान ३१ खेल खेलेर ६३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। त्यस्तै ५५ अंक जोडेको लेस्टरसिटी तेस्रो स्थानमा रहँदा चेल्सी पाँचौं स्थानमा छ।

योसँगै लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो।

लिभरपुलले उपाधि हात पारेसँगै हजारौको संख्यामा समर्थकहरु लिभरपुलको घरेलु मैदान एनफिल्डमा जम्मा भएका थिए। आधा घन्टा भित्रै प्रविबन्धको बावजुत २ हजार भन्दा बढी समर्थकहरु एनफिल्डमा जम्मा भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell