PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पूर्वी नवलपरासीमा २१ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

पूर्वी नवलपरासीमा २१ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौः गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो। गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ, स्याङ्जा, बाग्लुङ् र पूर्वी नवलपरासीमा सङ्क्रमित बिरामी भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका र गौडाकोट नगरपालिकामा गरेर २१ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै तनहुँमा २ र बाँकी जिल्लामा एक एक जनामा सङ्क्रमण देखिएको हो।

सङ्क्रमित बिरामीलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा ल्यैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ९२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell