PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अस्पतालको बेडमा सुतेकी महिलालाई 'किस' गर्ने युवक पक्राउ



पहिलोपोस्ट

अस्पतालको बेडमा सुतेकी महिलालाई 'किस' गर्ने युवक पक्राउ

काठमाडौः जिल्ला प्रहरी कार्यालय मोरङले  महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

बुधवार राति करिब साढे ३ बजे विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेकी महिलालाई 'किस' गर्न खोजेपछि पक्राउ गरेको थियो।

अस्पतालको बेड नम्वर २०२ मा रहेकी महिलालाई मोरङ कटहरी गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थपी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell