PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

हुन्डी काण्डमा मुछिएका असईसहित ४ प्रहरीविरुद्ध मुद्दा दायर



राधेश्याम पटेल

हुन्डी काण्डमा मुछिएका असईसहित ४ प्रहरीविरुद्ध मुद्दा दायर
फाइल फोटो

वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थाई प्रहरी पोस्ट, इनर्वागाउँ, वीरगंजका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जना प्रहरीविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

आयोगले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिई ७ लाख घुस खाएको आरोपमा वीरगंजको अस्थायी प्रहरी पोस्ट इनर्वामा कार्यरत तत्कालिन प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, प्रहरी जवान अवधेश राय, प्रहरी जवान राजकुमार गुरुङ विरुद बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वीरगंज भन्सार नजिकै रहेको अस्थाई प्रहरी पोष्ट, इनर्वामा कार्यरत असई तामाङ, हवल्दार चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, वीरगंज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोबारीले साथमा लिई आएको अवैध २० लाख रुपैयाँबाट ७ लाख रुपैया निकाली भागबण्डा गरी गायब गरेको र १३ लाख रुपैया जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सो घटनाको अनुसन्धान हुँदा उनीहरुले घुस लिएको प्रमाणित भएको थियो।

घुसबापत लिएको रकम सात लाख बिगो कायम गरी सजाय गरी पाउन मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिए। आयोगद्वारा विशेष अदालत, काठमाडौंमा दायर गरिएको आरोप–पत्र घटनाका प्रमुख मतियारको रुपमा रहेका राजकुमार गुरुङलाई ७ लाख रुपैया बिगो कायम गरिएको छ। यसैगरी अख्तियारले कावासोती नगरपालिका वडा नम्बर ५ बस्ने सोनाम तामाङले वयानका क्रममा असई तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार भएको देखिंदा निज सोनाम तामाङलाई  आधा सजाय गरी पाउन मागदाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell