PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने महिलाविरुद्ध जस्टिन बिबरको उजुरी



पहिलोपोस्ट

आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने महिलाविरुद्ध जस्टिन बिबरको उजुरी

क्यानेडियन गायक जस्टिन बिबरले आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने दुई महिलासँग एक/एक करोड रुपैयाँ क्षतिपूर्ती माग गरेका छन्। उनले आफूमाथि आधारहिन आरोप लागेको भन्दै दुई महिलाविरुद्ध उजुरी दर्ता गराएका हुन्।  मानहानी (गाली बेइज्जती) को आरोपमा एक-एक करोड क्षतिपूर्ती माग गरेका छन्।

बीबरले आफूमाथि सन् २०१४ मा यौन दूर्व्यवहार गरेको भन्दै ती महिलाहरुले सामाजिक सञ्जालमार्फत् आरोप सार्वजनिक गरेका थिए।

टिएमजीले जनाए अनुसार जस्टिनसँग ती आरोप झुटा भएको प्रमाण समेत छ।

आरोप लगाउनेमध्ये एक महिलाले ट्वीटरमार्फत् लेखेकी थिइन् – 'सरी' गायकले ममाथि साउथवेस्ट फेस्टिभलमा हुँदा दूर्व्यवहार गरेका थिए।'

उक्त ट्वीटपश्चात बीबरले पनि ट्वीटरबाटै आफूमाथि लागेको आरोपबारे स्पष्टिकरण दिएका थिए। उनले आफूले स्पष्टिकरण दिनुअघि प्रमाणहरु जम्मा गरेको समेत बताएका थिए।

उनले आफूविरुद्ध लगाइएको आरोपमा सत्यता नभएको भन्दै कानूनी लडाईमा उत्रिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell