PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बेलायतमा रङ्गमञ्च र गायन क्षेत्रका लागि बनाइएको 'रोडम्याप'को विरोध, आवश्यक आर्थिक सहयोग गर्ने सरकारको दावी



पहिलोपोस्ट

बेलायतमा रङ्गमञ्च र गायन क्षेत्रका लागि बनाइएको 'रोडम्याप'को विरोध, आवश्यक आर्थिक सहयोग गर्ने सरकारको दावी

बेलायतमा रङ्गमञ्च र प्रत्यक्ष संगीत प्रस्तुति पुन: सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी सुरु भएको छ। त्यसका लागि सरकारले आर्थिक सहयोग र समय तालिका घोषणा गरेको छ।

विहीवार संस्कृति सचिव ओलिभर डावडेनले पाँच चरणका योजनाहरु सार्वजनिक गरेका हुन्। जसमा 'इन्डोर' र 'आउटडोर' दुवै कार्यक्रमहरु समेटेको छ। पहिलो चरणमा कलाकारहरु बीच रिहर्सल र अन्य तालिमको व्यवस्था मिलाइएको छ। त्यस पछि सामाजिक दूरी कायम राख्दै रेकर्डेड प्रस्तुति दिन आह्वान गरिएको छ। तेस्रो चरणमा बल्ल 'आउटडोर' प्रस्तुतिको अनुमति दिइएको छ। जसमा सीमित दर्शक मात्र राख्न पाइने जनाइएको छ। चौथो चरणमा थिएटर भित्रको प्रस्तुतिका लागि अनुमति दिइएको छ। भलै दर्शक भने सीमित मात्र राख्न पाइने छ। भाइरस संक्रमणको जोखिम कम भएपछि मात्र थिएटर भित्र/बाहिर सिट संख्या अनुसार दर्शक राखेर प्रत्यक्ष प्रस्तुति दिन पाइने जनाइएको छ।

योजनामा आर्थिक सहयोग र कहिलेबाट लागू हुने गरी 'रोडम्याप' बनाइएको हो भन्ने प्रष्ट पारिएको छैन। जसबारे रङ्गकर्मी एवं अन्य कलाकारहरुले आलोचना गरिरहेका छन्।

त्यहाँको कलाकार संघले कलाकारहरुको जागिर र कार्यस्थल जोगाउने योजना नबनेसम्म यस्ता निर्देशन अर्थहिन बन्ने जनाएको छ। बर्मिङ्ह्याम हिप्पोड्रोम र यूके थिएटरका प्रमुख फियोना अलनले पनि भनेकी छिन्,'यो निर्देशिका व्यवहारिक छैन।' उनले रङ्गकर्म अघि बढाउन मिति तोकिनु पर्ने बताएकी हुन्। भनिन्,'हामीले रङ्गकर्मी एवं कलाकारको काम कसरी जोगाउने, थिएटर कसरी टिकाउने, कम्पनी कसरी सञ्चालित राख्ने भन्ने बारे योजना बनाउन समय पाउनु पर्छ।'

त्यहाँका थिएटर एवं अन्य प्रस्तुति स्थलहरु मार्च देखि ठप्प छन्।

सरकारले रङ्गमञ्च र अन्य सम्बन्धित संस्थाहरुको समस्या सम्बोधन हुनेगरी काम गरिरहेको बताएको बीबीसीले जनाएको छ। जसमा आर्थिक सहयोग बारे पनि उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell