PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ५९३ जनामा संक्रमण पुष्टि : एक जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा ५९३ जनामा संक्रमण पुष्टि : एक जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या ११ हजार ७५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका २२ प्रयोगशालामा गरिएको ६ हजार ५३४ जनाको स्वाब परीक्षणका क्रममा १०७ महिला र ४८६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमले बिहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङ र झापाका २/२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुनसरीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२, महोत्तरीका ४ र सिरहाका ६ जनामा संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल वीरगंजमा भएको परीक्षणमा धनुषाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछाम १, बैतडीका २५, बझाङका ९, बाजुराका १७, बाराका २ र दार्चुलाका ३ जनामा संक्रमण पुष्टि भएको छ। डोटीका ४६, गोरखाका ५, कैलालीका ३० र कञ्चनपुरका ४२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, टेकुमै गरिएको परीक्षणमा कपिलवस्तुका ९, रौतहटका ४६, सल्यानका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा गोरखाका १, नवलपरासी पूर्वका २, नुवाकोटका १, काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भरतपुर अस्पताल प्रयोगशाला चितवनका १२, कैलालीका १, नवलपरासी पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५, सिन्धुलीका ३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, हेटौंडामा भएको परीक्षणमा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५ र सिन्धुलीका ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, वीर अस्पतालमा भएको परीक्षणमा रौतहटका ५ र सिन्धुलीका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा कास्कीका २ र लमजुङका ६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला पोखरामा बाग्लुङका १, तनहुँका २, स्याङ्जाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ३, गुल्मीका १३, कपिलवस्तुका ४, पाल्पाका ७६, नवलपरासी पश्चिमका १ र  रुपन्देहीका ६ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ७५ र प्यूठानका २० जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पताल परीक्षणमा दैलेखका ५, जाजरकोटका २, मुगुका १, सल्यानका ३ र सुर्खेतका १२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षणमा जुम्लाका ३ जनाम संक्रमण पुष्टि भएको छ।

हालसम्म नेपालमा ११ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये एक हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेका छन्। हालसम्म दुई हजार ६९८ जना डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell