PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आमा भेट्न छोरो लिएर जापान पुगिन् आरजु देउवा



नेत्र तामाङ

आमा भेट्न छोरो लिएर जापान पुगिन् आरजु देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा आमा भेट्न जापान पुगेकी छिन्।

कोरोना संक्रमणको त्रासबीच नेपालका लागि जापानकी राजदूत समेत रहेकी आमा प्रतीभा राणालाई भेट्न उनी जापान पुगेकी हुन्।

आरजु गत बुधवार छोरा जयवीर सिंहसहित जापान पुगेका हुन्। आरजु जापान गएको देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टि गरे।

'उहाँ स्वास्थ्य समस्या आएपछि जाँचका लागि जानुभएको हो। पहिलेदेखि खुट्टामा समस्या थियो नि,' स्वकीय सचिव देउवाले भने। उनका अनुसार पुरानै व्यथाको उपचारका लागि उनी विदेशिएकी हुन्।

लकडाउनका समयमा नेपाली नागरिकलाई आउजाउ समस्या परिरहेको बेला आरजुको यो भ्रमणलाई अस्वभाविक मानिएको छ।

यता, जापानमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा राजदूत राणा बिदामा नेपाल आएकी थिइन्। जापानमा कोरोना नियन्त्रणतर्फ जाँदामात्र उनी जापान फर्किएकी हुन्। विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गर्दा त्यहाँका राजदूतहरु त्यहाँका नेपालीहरुलाई राहत वितरणमा खटिएका थिए। राजदूत राणा भने संकटको बेला नेपाल आएको भनी आलोचन भएको थियो।

उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सिफारिसपछि राजदूत बनेकी हुन्। ओली सरकारले यसअघि देउवा र प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका अधिकांश राजदूत फिर्ता बोलाउँदा राणालाई भने फिर्ता बोलाएन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति रहेका शेरबाहादुर देउवाको सासु रहेकी राणाको राजनीतिक आवद्धता भने कमल थापा नेतृत्वको राप्रपातिर रहेको छ। राप्रपाको कोटामा नै उनी राजदूत भएकी हुन्।

आरजु राणा गैर सरकारी संस्थामार्फत् समाजसेवामा सक्रिय छिन् भने उनी संविधानसभा सदस्य समेत रहेकी थिइन्। निजी शैक्षिक क्षेत्रमा पनि आरजुको आवद्धता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell