PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सुदूरपश्चिमका थप २ सय १९ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ हजार ८८६ पुगे



एम बम

सुदूरपश्चिमका थप २ सय १९ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ हजार ८८६ पुगे

कैलाली : पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा दुई सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीको प्रयोगशाला र चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका नौ, दार्चुलाका तीन र अछामका एक जनामा कोरोना पुष्टि भएको हो। शुक्रवार नै चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना देखिएको छ।

यता, धनगढीको प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ८६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीमा पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८०, बैतडीमा एक सय ९०, अछाममा एक सय २६, बाजुरामा एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell