PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रदेश २ मा थपिए ७४ कोरोना संक्रमित, कुन जिल्लामा कति?



पहिलोपोस्ट

प्रदेश २ मा थपिए ७४ कोरोना संक्रमित, कुन जिल्लामा कति?

वीरगंजः प्रदेश २ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ३ महिला र ७१ पुरुष छन्। समाजिक विकास मन्त्रालयका अनुसार बाराको स्रिमौनगढबाट १, रौतहटको इशनाथमा ३१, मोतीपुरमा १, गढीमाईमा २ र ठाउँ नखुलेका ६ जना गरी कूल ४० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सर्लाहीको विष्णु गाउँपालिकामा २, महोत्तरीको सम्सीमा २, सिरहाको जेएस मुरारकामा ६ जना संक्रमित फेला परेका हुन्।  मन्त्रालयका अनुसार सप्तरीको तिरहुत गाउँपालिकामा ३, छिन्नमस्ता गाउँपालिकामा ५ गरी कूल ७४ जना संक्रमित थपिएका हुन्।

प्रदेश २ मा संक्रमितको संख्या तीन हजार २९० पुगेको छ। प्रदेशभर ८०४ जना आइसोलेसनमा उपचाररत छन्। क्वारेन्टाइनमा ६ हजार ८५६ जना छन्। पाँच हजार ४३८ जनाको रिपोर्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell