PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर



रासस

घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले सिन्धुली तीनपाटन गाँउपालिका-१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जनकल्याण सामुदायिक बनका कोषाध्यक्ष मीनबहादुर घलेले तीन लाख रुपैयाँ र जनसेवा वैज्ञानिक बन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले ३० हजार ५०० रुपैयाँ घुस लिएको पाइएको छ। उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले शुक्रवार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell