PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

लिग लिडर युभेन्टसको फराकिलो जित



पहिलोपोस्ट

लिग लिडर युभेन्टसको फराकिलो जित

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसलेले लेच्चेलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। एल्लिआन्ज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाउलो डिब्याला, क्रिस्टियानो रोनाल्डो, गोन्जेलो हिग्विन र माथ्थिज डि लिडले समान १/१ गोल गरे।

गोलरहित बराबरी भएको पहिलो हाफमै लेच्चेका खेलाडी फ्याबियो लुसिओनी रेड कार्ड खाँदै बाहिरिएका थिए। खेलको ३१ औं मिनेटमा पाउलो डिब्यालालाई फउल गरेपछि डिफेन्डर लुसिओनी बाहिरिए।

१० खेलाडीमा सीमित लेच्चे दोस्रो हाफमा पछि पर्‍यो। खेलको ५३ औं मिनेटमा रोनाल्डोको पासमा डिब्यालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। त्यस्तै ६२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोनाल्डोले गोल गरे। युभेन्टसका लागि फेरि ८३ र ८५ औं मिनेटमा क्रमश हिग्विन र डि लिटले गोल गर्दा युभसले ४-० को सहज जित निकाल्न सफल रह्यो।

जितसँगै युभेन्टसले अंकतालिकामा ७ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको युभेन्टसको २८ खेलबाट ६९ अंक छ। त्यस्तै २७ खेल खेलेका लाजियो र इन्टर मिलान ६२ र ५८ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell