PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पाकिस्तानमा कोरोना : करिव २ लाख संक्रमित, ४ हजारभन्दा बढीको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा कोरोना : करिव २ लाख संक्रमित, ४ हजारभन्दा बढीको मृत्यु
Getty Images

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या करिव २ लाख पुगेको छ। जोन होप्किन्‍स विश्वविद्यालयको तथ्याङ्क अनुसार त्‍यहाँ हालसम्म एक लाख ९८ हजार ८ सय ८३ मानिसमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरस संक्रमणको ३ हजार १ सय ३८ केस देखिए। त्यस्तै विहीवार मात्र ७४ संक्रमितको निधन भयो। त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या ४ हजार नाघी सकेको छ।

पाकिस्ताको पञ्जाव प्रान्तमा मात्र १ हजार ६ सय ५६ जना संक्रमितले ज्यान गुमाइ सकेका छन्। त्यस्तै सिंध प्रान्तमा ७६ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको छ।

पाकिस्तानले कोरोना भाइरसभन्दा भोक खतरनाक भन्दै संक्रमण फैँलदाको सुरुवाती दिनमा लकडाउन जारी गरेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell