PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

तोकिएभन्दा ढिला सुरु हुँदै 'बिग बोस', प्रतियोगीहरुको कोरोना परीक्षण गरिँदै



पहिलोपोस्ट

तोकिएभन्दा ढिला सुरु हुँदै 'बिग बोस', प्रतियोगीहरुको कोरोना परीक्षण गरिँदै

सर्वाधिक हेरिने भारतीय टिभी रियालिटी सो तोकिएभन्दा ढिला सुरु हुने भएको छ। कोभिड-१९ र लकडाउनका कारण कार्यक्रमको तालिकामा फेरबदल भएको हो।

बिग बोसको १४ औं संस्करण अक्टोबर पहिलो साताबाट सुरु हुने भनिको थियो। तर अब अक्टोबरको अन्तिम साताबाट मात्र प्रसारण हुने भएको हो। बलउड हंगामाले जनाएअनुसार यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण। उनीहरु सबै एउटै घरमा बस्ने छन्।

सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको जनाइएको छ। जसका कारण कार्यक्रम सफल ढङ्गमा अघि बढ्‍ने समेत उल्लेख गरिएको छ।

बलिउड अभिनेता सलमान खानले प्रस्तुत गर्ने कार्यक्रमको सेट फिल्म सिटीमा बनाइएको छ। सामाजिक दूरी कायम राख्दै र अन्य सुरक्षा उपकरणको प्रयोगबीच छायाँकन सुरु हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell