PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन



एम बम

बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन

कैलाली : बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय मोहन तेलाको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने काम गर्दै आएका थिए। तर, गत असार ५ गतेदेखि उनी क्वारेन्टाइनबाट घर गएका थिए।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाउने तयारी भरहेको अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell