PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेकपा स्थायी कमिटी बैठक : सीमाका विषयमा २१ जना नेताले राखे धारणा, अर्को बैठक असार १६ गते



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी बैठक : सीमाका विषयमा २१ जना नेताले राखे धारणा, अर्को बैठक असार १६ गते
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवारको स्थायी कमिटी बैठक सकिएको छ। अर्को बैठक असार १६ गते बस्ने तय भएको छ।

शनिवारको बैठक सीमाका विषयमा बामदेव गौतम, ईश्वर पोखरेल, देवेन्द्र पौडेल, रघुजी पन्तलगायत २१ जना नेताले धारणा राखेका थिए।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधवारबाट शुरु भएको हो। शनिवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकमा केहीबेर सहभागी भए।

शुक्रवारको बैठकमा सहभागी नभएपछि ओलीको आलोचना भएको थियो। शनिवार भने अध्यक्ष ओली बैठकको शुरुमा सहभागी भएर एक घन्टापछि निस्केका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठक सञ्चालनको जिम्मेवारी सुम्पेर ओली बाहिरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell