PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गण्डकीमा थप १६ जनामा संक्रमण पुष्टि, प्रदेशमा संक्रमितको संख्या ८५४ पुग्यो



पहिलोपोस्ट

गण्डकीमा थप १६ जनामा संक्रमण पुष्टि, प्रदेशमा संक्रमितको संख्या ८५४ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १६ जना संक्रमित थपिएका हुन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देबचुली नगरपालिकाका ३ महिलासहित ६ जनामा संक्रण पुष्टि भएको छ। त्यस्तै, कास्कीको पोखरा महानगरपालिकाका पाँच जना महिलामा पनि कोरोना देखिएको छ।

यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङ नगरपालिकाका तीन जना पुरुष र भिरकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुलाई जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell