PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गण्डकीमा थप ३४ जनामा संक्रमण पुष्टि, प्रदेशमा संक्रमितको संख्या ८८८ पुग्यो



पहिलोपोस्ट

गण्डकीमा थप ३४ जनामा संक्रमण पुष्टि, प्रदेशमा संक्रमितको संख्या ८८८ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा बाग्लुङको बाग्लुङ नगरपालिकाका १७ जना पुरुष, बडीगाड गाउँपालिकाका ६ पुरुष र काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष रहेका छन्।

त्यस्तै, तनहुँको भानु नगरपालिकाका ३ पुरुष, शुक्लागण्डकी नगरपालिकाका २ महिला तथा ब्यास नगरपालिकाका १ महिलामा कोरोना पुष्टि भएको छ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कुल ८२ जना संक्रमित थपिएको निर्देशनालयले जानकारी दिएको छ। जसमध्ये एक जना कर्णाली प्रदेशका हुन्।

संक्रमितहरुलाई जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म १२१ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell