PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अन्तिम खेलमा डर्टमण्ड फराकिलो अन्तरले पराजित, कर्मारिच एक्लैको चार गोल



पहिलोपोस्ट

अन्तिम खेलमा डर्टमण्ड फराकिलो अन्तरले पराजित, कर्मारिच एक्लैको चार गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत आफ्नो अन्तिम खेलमा बोरुसिया डर्टमण्ड फराकिलो अन्तरले पराजित भएको छ। सिंगल इड्युना पार्कमा भएको खेलमा  एन्ड्रेज कर्मारिच चम्किँदा होफेनहाइमसँग डर्टमण्ड ४-० को फराकिलो अन्तरले पराजित भएको हो।

आज भएको खेलमा कर्मारिचले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गरे। खेलको ८ औं मिनेटमै होफेनहाइमलाई अग्रता दिलाएका उनले ३० औं मिनेटमा दोस्रो गोल थपेका थिए। त्यस्तै तेस्रो गोल उनले बेबउको पासमा ४८ औं मिनेटमा गरे। त्यसको २ मिनेट भित्रै फेरि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अर्को गोल थपे। र अन्तिम खेलमा होफेनहाइमले डर्टमण्डमाथि प्रभावशाली जित निकाल्यो।

अन्तिम खेलमा हारको बावजुत डर्टमण्ड लिगमा दोस्रो स्थान सुरक्षित गर्न सफल रह्यो। त्यस्तै होफेनहाइम छैटौं स्थानमा रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell