
जर्मन बुन्डेसलिगाको आजको अन्तिम चरणका खेलमा लिग लिडर बायर्न म्युनिखले वुल्भ्सबर्गमाथि ४-० को सहज जित निकालेको छ। २ खेल अगावै लिग च्याम्पियन बनेको बायर्नले आज घरेलु टोली वुल्भसबर्गमाथि जित निकालेको हो।
बार्यनको जितमा किङ्गस्ले कोमन, मिकेल कुइसेन्स, रोबेर्ट लेवेन्डोस्की र थोमस मुलरले गोल गरे। खेलको चौथो मिनेटमै कोमनको गोलबाट अग्रता लिएको बायर्नका लागि ३७ औं मिनेटमा कुइसेन्सले गोल गरे। पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नका लागि दोस्रो हाफमा लेवान्डोस्कीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अर्को गोल थपे। त्यस्तै थोमस मुलरले ७९ मिनेटमा अर्को गोल थप्दा बायर्नले सिजनको अन्तिम खेलमा ४-० को सहज जित निकाल्यो।
कोरोना महामारी पछि सुरु भएको पहिलो युरोपियन शीर्ष लिगमा बायर्न च्याम्पियन बन्दा डर्टमण्ड ६९ अंकसहित दोस्रो र लाइपजिग ६६ अंकसहित तेस्रो स्थानमा रहे। बायर्नले यो सँगै लगातार आठौं पटक बुन्डेसलिगा उपाधि उचालेको हो।