PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एकै दिन २० हजार भन्दा बढी संक्रमित थपिए, भारतको हालत थप खराब



पहिलोपोस्ट

एकै दिन २० हजार भन्दा बढी संक्रमित थपिए, भारतको हालत थप खराब

नयाँ दिल्ली : शनिवार एकै दिन भारतमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। भारतमा २४ घन्टामा फेला परेको यो सबैभन्दा धेरैं कोरोना संक्रमितको संख्या हो। शुक्रवारको तुलनामा १५ सय बढी संक्रमित भेटिएका हुन्।

शनिवार एकै दिन २० हजार ६० नयाँ संक्रमित थपिएका हुन्। एक दिन अघि संक्रमितको संख्या १८ हजारको सीमा पार भएको थियो।

महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए। त्यहाँ ६ हजार ३ सय ६८ जनामा संक्रमण देखिएको हो। शनिवार भारतका नौ राज्यमा त्यहाँकै सर्वाधिक संक्रमित फेला परेका छन्।

नेपालसँग जोडिएका भारतीय राज्य बिहारमा ३ सय १ जनामा संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ६ सय ७ जनामा संक्रमण देखिएको छ।

शनिवार ४ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा माथि पुगेको छ। भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ३३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell