PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नर्विच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा



पहिलोपोस्ट

नर्विच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा युनाइटेडले सिटीमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा ओडिओन लघालोले युनाइटेडलाई अग्रता दिलाए। उनले खेलको ५१ मिनेटमा गोल गरे। तर नर्विचले ७५ औं मिनेटमा गोल गरेसँगै खेल थप रोमान्चक बन्यो। नर्विचका लागि टोड कान्टवेलले गोल गर्दै खेल बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक बन्दै गएको खेलमा ८८ ‌औं मिनेटमा नर्विचका डिफेन्डर टिम क्लोस रेड कार्ड खाँदै बाहिरिएसँगै १० खेलाडीमा सीमित नर्विच थप दवाबमा आयो।

निर्धारित ९० मिनेटमा बराबरी भएसँगै खेल थप लम्बियो। र १ सय १८ औं मिनेटमा ह्यारी म्यागुइरले युनाइटेडका लागि निर्णायक गोल गरे र युनाइटेडले खेल आफ्नो पक्षमा पार्यो। युनाइटेड यो सँगै ३० औं पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको जुन अरु कुनै क्लबको भन्दा धेरै पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell