PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

के भुटानले भारतको असममा जाने पानी रोकेको हो?



पहिलोपोस्ट

के भुटानले भारतको असममा जाने पानी रोकेको हो?

गुहाटी : छिमेकीहरुसँग सम्बन्धमा चिसोपन बढिरेहकै बेला एकाएक एउटा खबर आयो - भुटानले भारतको असाममा खेतीका लागि जाने पानी रोक्यो। भुटानले भारतको राज्य असाममा सिंचाईका लागि पानी जान बन्द गर्दा २५ गाउँका किसानहरु प्रभावित भएको टाइम्स अफ इन्डियाले प्रकाशित गर्‍यो।

सन् १९५३ देखि भुटानबाट बग्ने नहरबाट पानी नपाउनु सानो विषय थिएन। कोरोना भाइरसका कारण भुटानले लकडाउन गरेको र भारतीय किसान समेत पानीको बहाव खोल्न जान नपाएको समाचारमा उल्लेख गरिएको थियो। स्रोत भन्दै प्रकाशित समाचारमा थिम्पुले सिंचाईको पानी बन्द गरेको दावी छ।

तर, भुटानले भने समाचारको खण्डन गरेको छ। आधारहीन समाचार भन्दै भुटानले पानी नरोकेको दावी गरेको छ। पानी प्राकृतिक रुपमा नै रोकिएको जनाएको छ। भुटानको विदेश मन्त्रालयले नहर सफाइ हुँद पानी रोकिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell