PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेसमाथि संघर्षपूर्ण जित निकालेको छ। वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले २-१ को जित निकाल्यो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा सउल निग्युजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले ५९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको एट्लेटिको मड्रिडले सदुपयोग गर्‍यो। र, मड्रिडका लागि डिएगो कोस्टाले दोस्रो गोल गरे। तर अतिरिक्त समयमा आएर अलभेसका जोसेलुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। यद्यपि उनको गोल एट्लेटिको मड्रिडलाई बराबरीमा रोक्न पर्याप्त रहेन।

जितसँगै एट्लेटिको मड्रिड अंकतालिकाको तेस्रो स्थानमा छ। अंकतालिकामा ३२ खेल खेलेको बार्सिलोना ६९ अंकसहित शीर्षस्थानमा रहँदा ३१ खेल खेलेको रियल मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै एट्लेटिको मड्रिड ३२ खेलबाट ५८ अंक जोड्दै तेस्रो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell