PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

खराब मुलुकतिरको यात्रामा नेपाल थप अगाडि, कोरियालाई उछिन्दै



पहिलोपोस्ट

खराब मुलुकतिरको यात्रामा नेपाल थप अगाडि, कोरियालाई उछिन्दै

काठमाडौं : कोभिड १९ का कारण खराब मुलुकतिरको यात्रामा नेपालले मोरक्कोलाई पछि पारेको छ। चेज रिपब्लिकलाई पछि पारेपछि नेपालभन्दा खराब अवस्थामा रहेको मोरक्कोलाई शनिवार नेपालले उछिनेको हो। कोरोना भाइरस संक्रमितको संख्याका आधारमा तयार भएका खराब मुलुकहरुको सूचीमा नेपाल यतिखेर ६४ औं स्थानमा रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगिसकेको छ।

अब नेपालभन्दा अगाडि रहेका क्यामरुन, डेनमार्क र दक्षिण कोरियालाई नेपालले सजिलै उछिन्ने देखिन्छ।। यी मुलुकहरुमा थपिएका संक्रमित संख्याको रफ्तार नेपालको भन्दा कम रहेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार क्यामरुनमा १२ हजार ५ सय ९२ संक्रमित छन् भने दक्षिण कोरियामा १२ हजार ६ सय ५३ जना। त्यस्तै डेनमार्कमा संक्रमितको संख्या १२ हजार ८ सय ७५ रहेको छ।

खराब मुलुकहरुको सूचीमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल। तेस्रोमा रसिया र चौथोमा भारत रहेको छ। तर, भारतमा जुन रफ्तारमा कोरोना फैलिरहेको छ त्यसले उसलाई तेस्रो स्थानमा पुर्‍याउन धेरै समय लाग्ने देखिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell