PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु, चौथोको गुम्यो दृष्टि



पहिलोपोस्ट

स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु, चौथोको गुम्यो दृष्टि

हातमा लगाउने स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु भएको छ। न्यु मेक्सिकोमा भएको यस घटनामा चौथो व्यक्तिले दृष्टि गुमाएको त्यहाँको स्वास्थ्य विभागले पुष्टि गरेको छ। न्युयोर्क डेलीका अनुसार सातै जनाले स्यानीटाइजर पिएका कारण यस्तो घटना भएको हो।

उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ।

यस किसिमको केमिकलले मगजमा असर पार्नुकासाथै दृष्टि गुमाउने र मिर्गौलासमेत बिगार्ने बताइएको छ। मृत्यु भएकाहरुको विस्तृत विवरण भने दिइएको छैन। पछिल्लोपटक कोरोना महामारीका कारण स्यानिटाइजरको प्रयोग बढ्दो छ।

-शीर्षकमा चौथोको सट्टा अन्यथा भएकाले सच्याइएको छ। सं‍.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell