PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

मदन भण्डारीको स्मृतिमा प्रदीप नेपालको टिप्पणी : पार्टीको 'सिद्धान्त' गायव



पहिलोपोस्ट

मदन भण्डारीको स्मृतिमा प्रदीप नेपालको टिप्पणी : पार्टीको 'सिद्धान्त' गायव

काठमाडौं : जनताको बहुदलीय जनवाद मार्फत् नेपालको कम्यनिस्ट आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाएका स्वर्गीय मदन भण्डारीको जन्मदिनमा नेकपा नेता प्रदीप नेपालले पार्टीमाथि कडा आक्षेप लगाएका छन्।

मदन भण्डारीको जन्म दिनको सन्दर्भमा उनले फेसबुकबाट आलोचनात्मक टिप्पणी गरेका हुन्। उनले मदन भण्डारी कालीन कम्युनिस्ट पार्टी र आजको कम्युनिस्ट पार्टीबीचको अन्तरलाई उल्लेख गरेका छन्। साथै पार्टीबाट सिद्धान्न नामेट भएको संदेश उनले दिएका छन्। नेपाल लेख्छन्,

'मदन भण्डारीको नेकपा - पहिलो जनता, दोस्रो सिद्धान्त, तेस्रो म।

आजको नेकपा - पहिलो म, दोस्रो मेरा मान्छे, तेस्रो जनता।' 

मदन भण्डारीको नेकपा - पहिलो जनता, दोश्रो सिध्दान्त , तेश्रो म। आजको नेकपा - पहिलो म, दोश्रो मेरा मान्छे, तेश्रो जनता।

Posted by Pradip Nepal on Saturday, June 27, 2020

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell