PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

म्यानचेस्टर सिटीले च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने



पहिलोपोस्ट

म्यानचेस्टर सिटीले च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनाएका छन्।

शुक्रबार लिग च्याम्पियन लिभरपुल र तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीच इतिहाद स्टेडियममा खेल हुनेछ। यसअघिको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएसँगै लिभरपुल च्याम्पियन बनिसकेको छ।

'पक्कै पनि हामी 'गार्ड अफ अनर' दिनेछौं।' ग्वार्डिओलाले भनेका छन्, 'हामी लिभरपुललाई सम्मान गर्नेछौं जब उनीहरु हाम्रो मैदानमा आउनेछन्। हामी यो गर्न गइरहेका छौं किनभने उनीहरु यसका लागि योग्य छन्।'

अंक तालिकामा ८६ अंक जोडेको लिभरपुल च्याम्पियन बनिसकेको छ भने ६३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। त्यस्तै ५५ अंक जोडेको लेस्टरसिटी तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell