PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सुष्मिताको ‘कमब्याक’ले सलमान प्रभावित,'आर्या'मा सशक्त अभिनय



पहिलोपोस्ट

सुष्मिताको ‘कमब्याक’ले सलमान प्रभावित,'आर्या'मा सशक्त अभिनय

बलिउड अभिनेता सलमान खान अभिनेत्री सुष्मिता सेनको कलाबाट प्रभावित भएका छन्। सुष्मिताले नयाँ वेब सिरिज ‘आर्या’बाट कमब्याक गरेकी छिन्।

सिरिजमा सुष्मिताको अभिनयले धेरैको मन जितेको छ भने समीक्षा पनि राम्रो पाइरहेको छ।

यसैक्रमममा सलमानले सुष्मिताको कलाको तारिफ गरेका छन्। सिरिजको डाइलगले उनलाई प्रभावित पारेको छ। सलमानको तारिफमा सुष्मिताले पनि प्रतिक्रिया दिएकी छन्। उनले सलमानलाई धन्यवाद दिँदै भनेकी छन्, ‘यो माया र तारिफका लागि धन्यवाद सलमान। म तिमीसँग प्रेम गर्छु।’

सलमानले भिडियोमा सुष्मिताको तारिफ गर्दै फेरि स्वागत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell