PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

राष्ट्रसंघका अधिकारीले गुडिरहेको कारमै गरे यस्तो हर्कत, भिडियो भाइरल



पहिलोपोस्ट

राष्ट्रसंघका अधिकारीले गुडिरहेको कारमै गरे यस्तो हर्कत, भिडियो भाइरल

इजरायलमा संयुक्त राष्ट्रसंघका एक अधिकारीको गुडिरहेको कारमा यौन सम्पर्क गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। ट्वीटरमार्फत सार्वजनिक भई भाइरल भएको १८ सेकेन्ड भिडियोमा ती अधिकारी राष्ट्रसंघको गाडीमा एक महिलासँग यौन सम्पर्क गरिरहेका छन्।

यो भिडियो हो इजरायलमा तैनाथ राष्ट्रसंघका अधिकारीको। भिडियो भाइरल भएपछि राष्ट्रसंघका महासचिव एन्टिनियो गुर्टरेसले घटनाको छानविन गरेर कडा कारवाही गर्ने प्रतिक्रिया दिएका छन्। भिडियो सार्वजनिक हुनु लज्जास्पद भएको उनको भनाई छ।

भिडियोमा ती अधिकारीलाई रातो पोशाक लगाएकी महिलासँग आपत्तिजनक अवस्थामा देख्न सकिन्छ। सामाजिक सञ्जालमा यो भिडियो निकै शेयर भएको छ। यो भिडियो तेल अवीवस्थित एक मुख्य सडकमा खिचिएको थियो।

राष्ट्रसंघले घटनाको छानविन भइरहेको र भिडियोमा देखिएका अधिकारीको पहिचान भइसकेको बताएको छ। भिडियोमा देखिएका अधिकारी इजरायलमा एक शान्ति मिसनका कर्मचारी हुन्।

महासचिव गुर्टरेसका प्रवक्ता स्टीफनले भिडियोमा देखिएको क्रियाकलाप घिनलाग्दो भएको प्रतिक्रिया दिएका छन्। यो क्रियाकलाप राष्ट्रसंघका कर्मचारीहरुद्वारा शान्ति स्थापित गर्न उठाइएका कदमविरुद्ध भएको उनको भनाई छ।

उनले यौन सम्बन्ध आपसी समझदारीमा भएको हो वा दबाव दिएर गरेको भन्ने विषयमा छानविन भइरहेको र जाँच रिपोर्ट आएपछि सबै स्पष्ट हुने बताए।

संयुक्त राष्ट्रसंघले आफ्ना कर्मचारीलाई यौन दुराचारमा संलग्न हुन नदिनका लागि सख्त नीति अंगीकार गरेको छ। आचरण र नियमको उल्लंघन गर्ने कर्मचारीलाई अनुशासित बनाउने, शान्ति मिसनबाट हटाउने नीति राष्ट्रसंघको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell