काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाहिर जिल्लामा जानको लागि सवारी पास उपलब्ध गराइरहेको छ।
असार १ गतेबाट सरकारले परिवर्तन गरेको लकडाउनको मोडालिटी अन्तर्गत उपत्यकाभित्र सबै सवारी पास खारेज भए पनि बाहिरी जिल्ला जानको लागि कार्यालयले पास उपलब्ध गराइरहेको छ। बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन सङ्कलन गर्ने। दिउँसो २ः३० बजेपछि पास वितरण गर्ने गरिरहेको छ।
असारको १ गतेदेखि करिब ४ हजार सवारी पासको लागि आवेदन परेको छ।' असारदेखि आजसम्म त्यस्तै ४ हजार पास आवेदन आएको छ। पास लिनेहरू बढी रहनु भएको छ। जिल्ला प्रशासन कार्यकाल काठमाडौँका प्रशासकीय अधिकृत मानबहादुर बुढाले भने। दैनिक ३ सय भन्दा बढी मानिसले सवारी पासको लागि निवेदन दिने गरेको अधिकृत बुढाले जानकारी दिए।
काठमाडौँबाट बाहिर जाँदा सम्बन्धित स्थानीय तहको क्वारेनटाइनमा बस्ने भन्ने स्थानीय तहको प्रमाणीकरणपछि मात्र पास जारी हुनेछ। कार्यालयले एउटा सवारी साधनमा पाँच जनासम्म मानिसलाई राखेर गाउँ फर्किन अनुमति दिने गरेको छ।' ठुला बसलाई हामी अनुमति दिदैंनौ। स्कर्पियोसम्मलाई अनुमति दिन्छौँ तर त्यसमा पाँच जना भन्दा बढी लिएर जान पाइँदैन।'अधिकृत बुढाले भने।
आवेदन दिन समस्या भएपछि कार्यालयले नयाँ ढाँचा सार्वजनिक गरेको छ। अब सेवाग्राही आफैँले कार्यालयले जारी गरेको ढाँचा भरेर बुझाउन सक्ने छन्।' केही व्यापारीले बढी शुल्क लिएर पनि फर्म बेचेको पाइयो। त्यसैले नयाँ ढाँचा बनाएको हो।' अधिकृत बुढाले भने।
