PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

जब जन्ती लिएर भारतको भगतपुरवामा आइपुगे दुलाहा, त्यहीँ बेला सुन्नुपर्‍यो दुलहीको मृत्युको खबर



पहिलोपोस्ट

जब जन्ती लिएर भारतको भगतपुरवामा आइपुगे दुलाहा, त्यहीँ बेला सुन्नुपर्‍यो दुलहीको मृत्युको खबर

दुलाहा व्याण्ड बाजासहित जन्ती लिएर आइपुगिसकेका थिए। गाउँका गल्लीमा छिमेकी तथा आफन्तको नाचगान चलिरहेको थियो। जन्ती दुहलीको आँगनमा पुग्यो। चारैतिर खुसीको माहोल थियो। दुलाहा स्टेजमा बरमालाका लागि दुलहीको पर्खाईमा बसे। एकैछिन पछि खबर आयो कि दुलहीको अचानक मृत्यु भयो। पलभरमै खुसीको माहोलमा एकखालको सान्नटा छायो। दुलहीका आमाबुवा, आफन्त रुन थाले।

यो घटना हो भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लाको। ठठिया थाना क्षेत्रको गाउँ भगतपुरवामा राजकिशोर बाथमको १९ वर्षीया छोरी विनिताको शुक्रवार बिहे थियो।

हातमा मेहन्दी लगाएकी दुलही दुलाहालाई पर्खिरहेकी थिइन्। राती ८ बजे कानपुरस्थित थाना रसूलाबादको गाउँ अमरूहिया निवासी संजयका छोरा सन्तोष आफन्त र छिमेकीसहित जन्ती लिएर विनिताको गाउँ पुगे। गेटमा स्वागतपछि दुलाहा वरमालाका लागि स्टेजमा पुगेर दुलहीलाई पर्खिरहेका थिए।

यसैक्रममा अचानक दुलही विनिताको मृत्युको खबर आयो। लगत्तै प्रहरी थाना प्रभारी विजयबहादुर वर्मा र उपनिरीक्षक शैलेन्द्र कुमार घटनास्थल पुगे। दुलहीका पिताले रोगका कारण अचानक मृत्यु भएको वयान दिएका छन्।

प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ। एसपी अमरेन्द्र प्रसाद सिंहले पोस्टमार्टम रिपोर्टपछि दुलही मृत्युको कारण थाहा हुने बताए। घटनापछि जन्ती दुलही नलिएर विहानपख रित्तो हात फर्कियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell