PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त



पहिलोपोस्ट

भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त

काठमाडौं: भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन्। असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयले सिहंलाई सोही मिति देखि लागु हुने गरि  प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो।

 काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रम्ह स्पोर्टस क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका राम्रा खेलाडीमा गनिन्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell