PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘मिस युनिभर्स नेपाल २०२०’ हुँदै, आवेदनदेखि तालिमसम्म भर्चुअल



पहिलोपोस्ट

‘मिस युनिभर्स नेपाल २०२०’ हुँदै, आवेदनदेखि तालिमसम्म भर्चुअल

नेपालमा पहिलो पटक ‘मिस युनिभर्स नेपाल २०२०’ आयोजना हुँदैछ। यसअघि हिडन ट्रेजरले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'कै प्रतिस्पर्धीहरुमध्ये एकलाई 'मिस युनिभर्स नेपाल'को उपाधि दिइएको थियो। अब भने 'म नेपाली' नामक संस्थाले प्रतियोगिता आयोजना गर्ने भएको हो।

प्रतियोगिता पूर्णतया 'भर्चुअल' हुनेछ। जसका लागि आयोजक संस्थाले प्रतियोगितासँगै ‘मिस युनिभर्स नेपाल २०२०' एप सार्वजनिक हुने समेत घोषणा गर्‍यो।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा 'मिस नेपाल अर्थ २०१२' नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व उनैले गरेकी थिइन्।

अब भने उनी स्वयं मिस युनिभर्सको नेपाली संस्करणका लागि निर्देशक बन्ने भएकी छिन्। जसबारे उनले एक भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइन्। उनले महामारी नियन्त्रण र प्रतियोगी एवं निर्णायकको सुरक्षाका लागि आवेदन भर्नेदेखि प्रतियोगीको तालिमसम्म भर्चुअल्ली गर्ने अवधारणा बनेको बताइन्।

प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवती र 'ट्रान्स वेमन'ले सहभागिता जनाउन पाउने छन्।

सीजी कर्पोरेसेन ग्लेबलको सह आयोजना रहने प्रतियोगिता विशेष एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगलप्लेमा उपलब्ध हुने बताइएको छ। एपमार्फत् आवेदन दिनेहरुको अनलाइन नै छनौट प्रक्रिया पूरा हुनेछ र अघिल्लो चरणका लागि छानिएकाहरुको तालिम पनि अनलाइनमार्फत् नै हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell