PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गण्डक अस्पतालबाट ३ महिलासहित २१ जना डिस्चार्ज, ६ जना कोरोना संक्रमितको उपचार हुँदै



पहिलोपोस्ट

गण्डक अस्पतालबाट ३ महिलासहित २१ जना डिस्चार्ज, ६ जना कोरोना संक्रमितको उपचार हुँदै

वीरगंज : नारायणी अस्पताल वीरगंज मातहत रहेको गण्डक अस्थायी कोभिड अस्पतालबाट आइतवार ३ महिलासहित २१ जना डिस्चार्ज भएका छन्। लगातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको गण्डक अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए।

गण्डक अस्पतालमा उपचाररत २७ मध्ये २१ जना डिस्चार्ज भएपछि अब अस्पतालमा एक महिलासहित ६ जना उपचाररत छन्। आइतवार डिस्चार्ज हुने २१ जनामा ३१, ३२ र ३६ वर्षीया तीन महिला छन्। पोखरिया नगरपालिका, बिन्दबासिनी गाउँपालिका र पर्सागढी नगरपालिकाका एक/एक गरी तीन जना महिला डिस्चार्ज भएका हुन्।

त्यस्तै, पोखरीया, बिन्दबासिनी, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका २२ देखि ५६ वर्ष उमेरका पुरुषहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell