PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चुनावी र्‍यालीमा आफ्नो गीतको प्रयोगविरुद्ध 'द रोलिङ स्टोन', ट्रम्पलाई दिए चेतावनी



पहिलोपोस्ट

चुनावी र्‍यालीमा आफ्नो गीतको प्रयोगविरुद्ध 'द रोलिङ स्टोन', ट्रम्पलाई दिए चेतावनी

बेलायती रक ब्यान्ड 'द रोलिङ स्टोन'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएको छ। ब्यान्डले आफ्नो गीत ट्रम्पले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेकोमा आपत्ती जनाएको हो।

ट्रम्पको पक्षमा प्रचार गर्न निकालिएको र्‍यालीमा द रोलिङ स्टोनको 'यू कान्ट अल्वेज गेट ह्वाट यू वान्ट' बोलको गीत प्रयोग गरिएको हो। सन् २०१६ को चुनावी प्रचार प्रसारमा पनि उक्त गीतको प्रयोग गरिएको थियो। त्यस समय पनि ब्यान्डले गीतको प्रयोग आफूहरुको अनुमतिमा नभएको जनाउँदै ट्वीट गरेको थियो।

ब्यान्डले विज्ञप्ती जारी गर्दै चुनावी प्रचारमा गीतको अनाधिकारिक प्रयोग रोक्न बिएमआइ नामक संस्थासँग साझेदारी गरिरहेको समेत जनाएको छ।

पछिल्लो पटक ब्यान्डको गीत प्रयोगमाथि प्रश्न र पुनर्प्रयोग नगर्न गरिएको आग्रह नकारिएको कारण ट्रम्पविरुद्ध कानूनी उपचार खोजिएको बीबीसीमा जनाइएको छ।

यस महिनाको सुरुवातमा रक संगीतकर्मी टम पेटीले पनि ट्रम्पविरुद्ध आफ्नो गीतको अनाधिकृत प्रयोग विरुद्ध पत्र लेखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell