PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सुदूरपश्चिममा आइतवार १९५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो दुई हजार ३०९



एम बम

सुदूरपश्चिममा आइतवार १९५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो दुई हजार ३०९

कैलाली : सुदूरपश्चिममा आइतवार एक सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतवार सुदूरपश्चिमका एक सय ९५ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको छ। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुष गरी दुई जनामा संक्रमण देखिएको छ। यता, धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार तीन सय ९ पुगेको छ। आइतवार थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६०१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, डोटीमा चार सय १०, बाजुरामा तीन सय १६, कञ्चनपुरमा तीन सय, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भइसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell