PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

बलिउडमा शाहरुख खानको २८ वर्ष, भन्छन् : रहर पेशामा बद्लिएको पत्तै भएन



पहिलोपोस्ट

बलिउडमा शाहरुख खानको २८ वर्ष, भन्छन् : रहर पेशामा बद्लिएको पत्तै भएन

बलिउडका बादशाह शाहरुख खानको हिन्दी सिनेमा जगतमा २८ वर्ष पूरा भएको छ। ५४ वर्षीय अभिनेता खानले उक्त खुशी सामाजिक सञ्जालमार्फत् आफ्ना दर्शक एवं शुभचिन्तकहरुसँग साटेका छन्। तस्वीरसहितको पोस्टमा उनले लेखेका छन् : वर्षौ यहाँहरुलाई मनोरञ्जन दिलाउने अनुमति दिनु भएकोमा धन्यवाद।

शाहरुखले अभिनय प्रति आफ्नो लगावका बारेमा पनि उल्लेख गरेका छन्। लेखेका छन्,'मलाई थाहा छैन कहिले मेरा रहर लक्ष्य बने र कहिले लक्ष्य पेशामा बद्लियो पत्तै भएन।'  उनले यस पेशालाई सदैव निरन्तरता दिन सक्ने आशा समेत व्यक्त गरेका छन्।

शाहरुखले सन् १९९२ मा टेलिश्रृङ्खला 'फौजी'बाट अभिनयमा डेब्यू गरेका थिए। बलिउडमा भने सन्‍ १९९२ मा राज कन्वरको रोमान्टिक ड्रामा 'दिवाना'मा पहिलो पटक देखिएका हुन्।

२८ वर्ष लामो अभिनय यात्रामा उनले बाजिगर, डर, कुच कुच होता है, कल होना हो, मे हुँ ना, वीर जरा, चक दे इन्डिया लगायत हिट फिल्म दिएका छन्। उनको करियरमा सर्वाधिक लामो समय चलेको फिल्म बनेको छ 'दिलवाले दुल्हनीया ले जाएंगे।' कोरोना भाइरसको महामारी सुरु हुनुअघिसम्म पनि सिनेमा घर मराठा मन्दिरमा उक्त फिल्म प्रदर्शनरत् थियो। उक्त फिल्म सन्‍ १९९५ मा सार्वजनिक भएको थियो।

शाहरुख खानको निर्माण कम्पनी रेड चिल्लिज फिल्म निर्माणमा पनि सक्रिय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell