PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु



एम बम

अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु

कैलाली : भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको आइतवार दिउँसो मृत्यु भएको हो।

भारतबाट आएर १४ दिन वडाकै कैलाशेश्वर घट्टे खेति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेपछि होम आइसोलेसनका लागि घर पठाइएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्। उनी सुगरका बिरामी समेत रहेको रावलको भनाइ छ। 

‘उहाँलाई सुगरको समस्या रहेको बुझ्नमा आएको छ’, उनले भनिन्, ‘होम आइसोलेसनमा बसिरहनुभएका उहाँलाई हिजो श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पताल लगिएको थियो। उहाँको आज दिउँसो त्यही मृत्यु भएको हो।’

आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतवार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell