PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

परिवारको आग्रहपछि कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनका भान्सेको गरियो दाहसंस्कार



एम बम

परिवारको आग्रहपछि कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनका भान्सेको गरियो दाहसंस्कार
प्रतीकात्मक तस्बिर।

कैलाली : बैतडीमा घर गएपछि मृत्यु भएका क्वारेन्टाइनमा खान पकाउने भान्सेको कोरोना परीक्षणको रिपोर्ट नआउदै दाहसंस्कार गरिएको छ।

जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय पुरुषको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने काम गर्दै आएका थिए। तर, गत असार ५ गतेदेखि उनी क्वारेन्टाइनबाट घर गएका थिए।

दशरथ चन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गा दत्त जोशीले परिवारको अग्रहमा उनको आइतवार दाहसंस्कार गरिएको जानकारी दिए। उनको धार्मिक मान्यता अनुसार परम्परागत रुपमै स्थानीयले आफैँ दाहसंस्कार गरेका हुन्।

उनको स्वाब भने शनिवार राती मात्रै धनगढी पठाएको थियो। उच्च स्वास्थ्य सतर्कताका साथ उनको दाहसंस्कार गरिएको जोशीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell