PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

लेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकाल्दै चेल्सी सेमिफाइनलमा



पहिलोपोस्ट

लेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकाल्दै चेल्सी सेमिफाइनलमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीलाई हराउँदै चेल्सी सेमिफाइनल प्रवेश गरेको छ। किङ पावर स्टेडियममा भएको खेलमा चेल्सीले लेस्टरमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलमा चेल्सीको लागि एकमात्र गोल रोस बार्कलेले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्कलेको गोल खेलमा निर्णायक बन्न पुग्यो। उनले खेलको ६३ औं मिनेटमा विलियनको पासमा गोल गरेका थिए।

जितसँगै सेमिफाइनल प्रवेश गरेको चेल्सीले अब फाइनल यात्राका लागि म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell