PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

न्यु क्यासललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा



पहिलोपोस्ट

न्यु क्यासललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २-० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।

सिटीको जितमा केभिन डी ब्रुइन र रहिम स्ट्रलिङले १/१ गोल गरे। खेलको ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ब्रुइनले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको सिटीका लागि स्ट्रलिङले दोस्रो हाफमा अर्को गोल थपे। उनले खेलको ६८ औं मिनेटमा फोडेनको पासमा गोल गर्दा सिटीले २-० को जित निकाल्न पुग्यो।

जितसँगै सिटीले सेमिफाइनलमा आर्सनलसँग खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell