काठमाडौं : आज असार १५। अर्थात राष्ट्रीय धान दिवश पनि। ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु गरेर मनाइँदैछ।
आजै दहीचिउरा खाने दिवस पनि हो। नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली कृषि कर्ममा छन्। आजको असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ।
आजको दिन खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एकापसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्।
