PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कोरोना भाइरस : टेक्ससमा संक्रमितको संख्या तीव्र र डरलाग्दो रुपमा बढ्दो



पहिलोपोस्ट

कोरोना भाइरस : टेक्ससमा संक्रमितको संख्या तीव्र र डरलाग्दो रुपमा बढ्दो

अमेरिकाको टेक्ससमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धी भएको छ। त्यहाँको गभर्नर गरग एबट्ले ‘यहाँ कोरोना भाइरसले तीव्र र डरलाग्दो रुप लिएको’ बताएका छन्।

उनका अनुसार केही साता यता टेक्ससमा दैनिक दुईदेखि पाँच हजारसम्म नयाँ संक्रमण पुष्टि भएको छ। एबट्ले लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढेको बताएका हुन्।

अमेरिकामा हालसम्म २५ लाख ४८ हजार ६ सय १७ जनामा संक्रमण देखिएको छ। कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ८ सय ३ पुगेको छ।

संक्रमित र संक्रमणकै कारण मर्नेको संख्याको हिसाबले अमेरिका सर्वाधिक प्रभावित देश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell