PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

प्रधानमन्त्रीलाई मानसिक रोग विज्ञ आवश्यक : मिश्र



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई मानसिक रोग विज्ञ आवश्यक : मिश्र
मिश्रको फेसबुकबाट।

काठमाडौं : साझा पार्टीका संयोजक तथा पूर्व पत्रकार रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनोपरामर्शदाता, मानिसक रोग विज्ञ र विशेषज्ञको सल्लाह आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन उनीप्रति सांकेतिक व्यङ्ग्य गर्दं मिश्रले लेखेका छन् - हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, अशन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो छ भन्ने वास्तविकता कसले बुझाइदिन सक्ला?

उनले कहिलेकाहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुनेसमेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell