PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मार्भल स्टूडियोज 'रेसिस्ट' भएको एन्थोनी म्याकीको आरोप



पहिलोपोस्ट

मार्भल स्टूडियोज 'रेसिस्ट' भएको एन्थोनी म्याकीको आरोप

'एभेन्जर्स एन्डगेम' कलाकार एन्थोनी म्याकीले मार्भल स्टूडियोज 'रेसिस्ट' भएको आरोप लगाएका छन्। उनले स्टूडियोको क्रु समावेशी नभएको बताएका हुन्।

फिल्म 'ब्ल्याक प्यान्थर'मा काम गर्दाको अनुभवसहित एन्थोनीले आफ्नो तर्क राखेको भेराइटीले जनाएको छ। उनले क्रु समावेशी नभएको र प्राय श्वेत जातीका भएको बताए।

४१ वर्षीया उनले सन् २०१४ मा 'क्याप्टेन अमेरिका : द वीन्टर सोल्जर'मा काम गर्दा पनि मार्भल मुभिज समावेशी हुनुपर्ने तर्क राखेका थिए।

विश्वका विभिन्न देशमा रङ्गभेदविरुद्धको आन्दोलन चर्कँदा उनले पुन: एक पटक यस विषयमा आवाज उठाएका हुन्। भनेका छन्,'मैले सात वटा मार्भल मुभी गरें जसमा सबै निर्माता, निर्देशक, स्टन्ट पर्सनदेखि लुगा डिजाइनर र पीएहरू समेत श्वेत छन्। यो सत्यले मलाई निकै सतायो।'

उनी अभिनित ब्ल्याक प्यान्थरका निर्माता नेट मुरे भने अश्वेत हुन्। उक्त अस्‍कर विजेता फिल्म अश्वेत कलाकारहरु भएकै कारण पनि चर्चाको विषय बन्यो। फिल्मका क्यामेरा पछाडिका 'हिरो'हरू पनि अश्वेत थिए।

'तर यो त झन् विभेदकारी भयो। अश्वेत निर्माताको फिल्ममा मात्र अश्वेत क्रु? श्वेत कलाकार भएको फिल्ममा काम गर्न योग्य थिएनन् त?'

म्याकीले मार्भलले कर्मचारीदेखि कलाकार छनौट प्रक्रियामा फेरबदल गर्ने आशा व्यक्त गरेका छन्। उनले कामको आधारमा उत्कृष्ट मानिस छानिनु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell