पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले शनिवार सामाजिक सञ्जालमा एउटा पोस्ट गरे। फोटोसहितको उक्त पोस्टमा क्याप्सन लेखे : 'यो हप्ताको सुरुवात केही राम्रो भाइब्स र स्टाइलबाट।'
३५ वर्षीय युभेन्टसका फर्वार्ड उक्त पोस्टसँगै ट्रोलको विषय बने। कारण – तस्वीरमा उनले लगाएको कपडा। जुन अनौठो देखिन्छ।
लुइस भुइटनको डिजाइन रहेको उक्त कपडामाथि प्रश्न र व्यङ्ग्यको वर्षा भयो।
युभेन्टस र इटलीका उपकप्तानसमेत रहिसकेका लियोनार्दो बाउन्सीले रोनाल्डोले त्यस कपडा लगाउनु अविश्वसनीय रहेको प्रतिकृया दिएका छन्।
त्यस्तै अर्का खेलाडी मेदी बेनिटाले 'राम्रो स्टाइल'बारे आफूलाई थाहा नभएको भन्दै व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमा पनि मिम उत्तिकै।
उनले लगाएको लुगाको मूल्य १ हजार २ सय ५० पाउन्ड रहेको छ।