PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

काठमाडौं लगायतका क्षेत्रमा संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयको चेतावनी : घर बाहिर ननिस्कनुस्



पहिलोपोस्ट

काठमाडौं लगायतका क्षेत्रमा संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयको चेतावनी : घर बाहिर ननिस्कनुस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायतका शहरमा संक्रमण बढिरहेकाले सचेत रहन अनुरोध गरेको छ। घना बस्तीमा संक्रमण बढिरहेकाले अत्यावश्यक बाहेकका समयमा घर बाहिर ननिस्कन मन्त्रालयले चेतावनी समेत दिएको छ।

लकडाउन खुकुलो हुँदा भिडभाड बढेपछि मन्त्रालयले सचेत गराएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ मिटरको सामाजिक दुरी कायम गर्न अपिल गरे।

‘काठमाडौं लगायतका घना बस्ती भएका शहरमा संक्रमण वृद्धि भएकाले २ मिटरको दुरी कायम गर्न, हात धुन, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्द छ,’ उनले भने।

संक्रमितको संख्या बढिरहेका बेला थप सचेत हुनुपर्ने मन्त्रालयको भनाइ छ। लकडाउन खुकुलो भएसँगै विभिन्न सुरक्षाका उपाए अपनाउन मन्त्रालयले आग्रह गर्दै आएको छ।

हालसम्म नेपालमा १३ हजार २ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २९ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या ३ हजार १ सय ३४ छ।

नेपालमा बैशाख यता संक्रमितको संख्या लगातार बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell