PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना भाइरसका संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना भाइरसका संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितहरुको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभरका २२ प्रयोगशालामा सात हजार ७९१ नमुनाको परीक्षण गर्दा ११२ जना महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कुल संक्रमितमध्ये एक हजार ५६८ जना महिला र ११ हजार ६६२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १, गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराजमा सप्तरीका १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ६ र महोत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा बाग्लुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोरखाका ५ र गुल्मीका २० जनामा संक्रमण पुष्टि भएको छ। टेकुमै गरिएको परीक्षणमा खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्युठानका ५, रौतहटका १६, रुपन्देहीका ३ र रोल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, स्याङजाका ८ र तनहुँका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका २ र काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भरतपुर अस्पताल प्रयोगशालामा अर्घाखाँचीका ११ र चितवनका ४ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुरमै गरिएको परीक्षणमा कैलालीका १ र पाल्पाका १३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

किटजन्य रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३, मकवानपुर १ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल काभ्रेमा गरिएको परीक्षणमा काभ्रेका १ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल प्रयोगशालामा काठमाडौं, ललितपुर र रौतहटका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका १ र बाजुराका ६६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा, कपिलवस्तु र रुपन्देहीका २/२ तथा प्युठानका ४ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा डोल्पा र कालिकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५८ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका ३२ र रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालमा कैलालीका २९ र डोटीका ६९ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा हाल संक्रमित मध्ये १० हजार ८५ जना आइसोलेसनमा उपचाररत छन्। त्यस्तै, डिस्चार्ज हुनेको संख्या तीन हजार १३४ रहेको छ। मृत्यु हुनेको संख्या २९ पुगेको छ। पछिल्लो समय शनिवार स्टार अस्पताल सानेपामा मृत्यु भएका रौतहटका एक जनामा आइतवार साँझ कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell