PahiloPost

Jul 12, 2020 | २८ असार २०७७

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणमा १६ महिला र ११ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिकाका ९ जना, केआईसिं गाउँपालिकाका तीन जना, आदर्श गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको भजनी नगरपालिकाका पाँच, बैतडीको दशरथचन्द नगरपालिकाका तीन, बाजुराको त्रिवेणी नगरपालिकाका दुई र डडेल्धुराको परशुराम नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell